बलिउडमा ख्याती कमाएका नेपाली गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की

काठमाडौं । बलिउडमा ख्याती कमाएका नेपाली गायक उदितनारायण झालाई लक्ष्मण नामका एक अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिँदै फोन गरेका छन् ।
एक महिनादेखि निरन्तर त्यस्तो धम्की आएपछि गायक झाले सुरक्षाको माग गर्दै मुम्बईको अम्बोली प्रहरी विटमा उजुरी दिएका छन् । उनको घरको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले धम्की दिनेको खोजीका लागि बिहारमा प्रहरी परिचालन गरेको छ । अपराध अनुसन्धान गर्ने प्रहरी निकाय परिचालित छ । गायक उदितनारायण झा मुम्बइको अन्धेरी वेस्टमा बस्छन् । अम्बोली प्रहरी चौकीका सिनियर इन्स्पेक्टरले उदितको उजुरी दर्ता गरेर गरेर थप अनुसन्धान जारी रहेको बताएका छन् ।
बिहारका ति व्यक्तिले गायक झालाई कुनै बार्गेनिङ नगरी सिधै ज्यान मार्ने धम्की दिएको भारतीय प्रहरीले जनाएको छ । धम्की दिनेले गायक झाको रेकी गरेका कारण पनि सुरक्षा दिइएको हो ।
क्याटेगोरी : विशेष
ट्याग : #उदितनारायण झा
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्