साँखुमा भूमीसुधार मन्त्री पद्मा अर्याललाई स्थानियको कालो झण्डा

काठमाडौं साउन १३ । भूमिसुधार मन्त्री पद्मा अर्याललाई काठमाडौंको साँखुमा कालो झण्डा देखाइएको छ ।
कालोझण्डा देखाउनेक्रमा स्थानीयलाई प्रहरीले धरपकड गरेको थियो ।
सोमबार दिउँसो १२ बजे मालपोत कार्यालय उद्घाटन गर्न साँखु पुगेकी उनलाई स्थानीयले नारा लगाउँदै कालो झण्डा देखाएका हुन् ।
टाउकोमा कालो फेटा बाँधेका प्रदर्शनकारीलाई प्रहरीले गरेको धरपकडका बाबजुद कालो झण्डा देखाएका हुन् । सरकारले गुठी विधेयक फिर्ता लिएपनि काठमाडौंका नेवार समुदायले सो विधेयक खारेजीको माग राख्दै प्रर्दशन गर्दै आइरहेका छन् ।

मालपोत कार्यालयको उद्घाटन सकेर फकर्ने क्रममा मन्त्री अर्याललाई कला संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरले कालो झण्डा देखाइएको हो ।
यसअघि साँखुका स्थानीयले बाटो मर्मतको माग गर्दै सोही क्षेत्रका सांसद एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालकै अगाडि मुर्दावादको नारा लगाएका थिए ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्