गुल्मी अपडेड : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडाैँ, ७ साउन । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । अझै दुई जना वेपत्ता भएका छन् । पहिरोले घरहरु बगाउँदा सत्यवती गाउँपालिका वडा नम्बर ३ मा २ जना र ४ मा ८ जनाको मृत्यु भएको हो ।
वडा नम्बर चार भिरकुनामा गाउँमाथिबाट आएको पहिरोले घर पुरिदा ३२ वर्षकी निर्मला विक, २९ वर्षकी पम्फा विक, १२ वर्षकी अञ्जली विक, ५ वर्षका हिमांशु विक, ७० वर्षका छली विक, ९ वर्षकी सिवानी विक, ९ वर्षकै तारा विका र नाम नखुलेका एक वर्षीय बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
६ साउनदेखि लगातार भइरहेको वर्षाका कारण गएराति तीन बजे गाउँ माथिबाट आएको पहिरोले छलि विक, चन्द्र बहादुर विक, धन बहादुर विकको घर बगाउँदा उनीहरुकाे मृत्यु भएकाे हाे ।
त्यस्तै वडा नम्बर ३ ठूलोलुम्पेकको दाङसिङ्गामा पहिरोले घर बगाउँदा तिलकुमारी तरामु र उनका छोरा दर्शन तरामुको मृत्यु भएको छ ।
तिलकुमारीकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी तरामु घाइते भएका छन् । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ । तर, गाउँबाट बाहिर जाने सडक अबरुद्ध भएको र पानी परिरहेकोले उपचारका लागि लैजान समस्या भएको छ ।
लुम्पेककै सिङ्दिमा रुद्रबहादुर विकको घर भत्किएँदा दुई जना हराइरहेका छन् । अहिले प्रहरी र स्थानीयबासिन्दाले उनीहरुको खोजी गरिरहेका छन् ।
वडा नम्बर चार भिरकुनामा पहिरोले सूर्यलाल पौडेल, चन्द्र बहादुर विक, रीता विक, बनबहादुर विक, परी विकको घर पनि पुरेको छ । तर, पहिरो आएको थाहा पाएपछि ती घरमा मानिसहरु भागेर ज्यान जोगाएका थिए ।
लिम्घामा इलाका प्रहरी कार्यालय खैरेनी र ठूलोलुम्पेकमा इलाका प्रहरी कार्यालय रीडिबाट प्रहरी टोली पुगेको छ । ती वडाहरुमा सबै सडकहरु पहिरोले भत्काएपछि यातायात अबरुद्ध भएको गुल्मी प्रहरीले जनाएको छ ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्