बालाजुका वडाध्यक्ष रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ, ३१ असार । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालाजुस्थित अटोपार्ट्सका कर्मचारी रवीन खत्री रहेका छन् ।
आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष रिजालको हस्ताक्षर गरेर वडामा फाइल पेश गरेको पाइएकाले प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वडाध्यक्ष रिजालले दर्ता शाखामा आफ्नै हस्ताक्षर गरेर फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिनुभयो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो ।
कार्कीले अटो पार्ट्सका मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको तर यसबारे थप जानकारी आफूलाई नभएको बयान दिएको बताइएको छ ।
वडाध्यक्ष रिजालले भन्नुभयो, “उहाँले क्लोजिङका लागि फाइल दर्ता शाखामा पेश गर्नुभएछ, मेरो स्टाफले नक्कली हस्ताक्षर भएको आशङ्कामा म कहाँ फाइल ल्याएपछि हस्ताक्षर नक्कली नै भएको पाइएपछि प्रहरी बोलाएर जिम्मा लगाएका हौँ ।” –रासस
क्याटेगोरी : विशेष
ट्याग : #मुकुन्द रिजाल
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्