१५ दिनको गोष्ठीका लागि सरकारको डेढ अर्ब खर्च

बुटवल । प्रदेश ५ सरकारले गोष्ठीका नाउँमा अर्बभन्दा बढि रकम सकेको भन्दै आलोचना भएको छ । प्रदेशसभाको आईतबार बसेको बैठकमा प्रदेशसभा सदस्य तुलाराम घर्तीमगरले गोष्ठीका नाममा १५ दिनमै डेढ अर्बभन्दा बढि रकम खर्चेको भन्दै प्रदेश सरकारको आलोचना गरेका छन् ।
आइतबार बसेको प्रदेशसभाको वैठकमा सत्तापक्ष नेकपाकै प्रदेशसभा सदस्य मगरले असारको १५ दिनमै मात्रै गोष्ठीको नाउँमा एक अर्ब ५५ करोड खर्च भएको दाबी गरे । सभामा बोल्दै मगरले गोष्ठी र सेमिनारको नाउँमा ठूलो धनराशी खर्च गर्ने परिपाटी अन्त्य गर्नुपर्ने माग राखे ।
मगरले समय सकिनै लाग्दा गरिएको गोष्ठीले प्रतिफल नदिने भन्दै सरकारको आलोचना गरे । उनले असारे विकासको परिपाटी अन्त्य गर्ने तर्फ कदम चाल्न माग गरे । उनले विकास निर्माणका काम पनि असारकै बीचमा गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #प्रदेश ५ सरकार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्