पूर्व प्रशासकद्वय गौतम र पाण्डे हेम बहादुर मल्ल सम्मानबाट विभुषित

काठमाडौं, २१ अषाढ – कुशल प्रशासक एबम् ब्यवस्थापक हेम बहादुर मल्ल सम्मान २०७१ र २०७२, क्रमश स् पूर्व मुख्य सचिव तथा पूर्व राजदूत दामोदर गौतम र पूर्व सचिव, पूर्व मन्त्री तथा नागरिक अगुवा देवेन्द्र राज पाण्डेमा समर्पण गरिएको छ ।
शुक्रवार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा नेपाल जन प्रशासन संघद्वारा राजधानीमा आयोजित सम्मान समर्पण कार्यक्रम माझ शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले उहाँहरुलाई दोसल्ला, प्रमाण पत्र एबम् दुई लाख राशी सहित सम्मान गर्नुभयो ।

सम्मान पस्चात् कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शताब्दी पुरुष जोशीले निस्कलंकीत अग्रज पूर्व प्रशासकहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनु हुँदै असल प्रशासक एबम् ब्यवस्थापकबाट मात्रै देशमा सुशासन कायम हुन सक्ने धारणा ब्यक्त गर्नुभएको थियो । प्रमुख अतिथी जोशीले देशमा रहेका नुन लगायतका खनिजको श्रोत र ईतिहास कालमा प्रशासनिक अवस्थाको बिषयमा पनि खोज अनुसन्धान गर्न आवश्यक रहेको अौल्याउनु भएको थियो ।
कार्यक्रममा सम्मानित ब्यक्तित्वहरु देवेन्द्र राज पाण्डे र दामोदर गौतमले हेम बहादुर मल्ल सम्मानबाट पुरस्कृत हुन पाउदा गौरवान्वित महशुस भएको बताउदै नेपालको प्रशासन क्षेत्रले दर्विलो खुट्टा टेकेको अवस्थामा मात्रै देशमा विधीको शासनको प्रत्याभुत हुने धारणा ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल जन प्रशासन संघका निवर्तमान अध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवाली, सुचना आयोगका प्रमुख आयुक्त एबम् पूर्व सचिव कृष्णहरि बास्कोटा, पूर्व मन्त्री एबम् पूर्व सचिव बिद्याधर मल्लिक, पूर्व सचिव एबम् पूर्व राजदुत मधुरमण आचार्य लगायतका बुद्धिजिवीहरुले हेम बहादुर मल्ल एक देशभक्त र कुशल प्रशासक रहेको उल्लेख गर्नु हुँदै उहाको निष्ठा र ब्यवसायीकपनको सिको गर्न सकेको खण्डमा देशलाई फाइदा पुग्ने धारणा राख्नुभएको थियो ।
त्यसै गरि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समितिका अध्यक्ष तथा पूर्व सांसद लक्ष्मीदास मानन्धर एबम् प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले हेम बहादुर मल्ल एक इमान्दार एबम कुशल प्रशासक रहनुभएको कुरा स्मरण गर्नु हुँदै उहाले साल्ट ट्रेडिङ कर्पोरेशनका साथै देशको आपुर्ती ब्यवस्थापन कार्यमा पुर्याउनु भएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #विभुषित
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्