गल्छी गाउँपालिका अध्यक्षको बालुवाखानीले पृथ्वी राजमार्ग बन्द (फोटोफिचर)

धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको बैरेनी गल्छी खण्डमा सडकमा लेदो माटो सहितको पहिरोका कारण सवारी आवागमन रोकिन पुगेको छ । रातभरीको बर्षात कारण आएको लेदो माटोले राजमार्गको गल्छी बैरेनी खण्डमा ठाउँ ठाउँमा अवरोध पु¥याएको छ । सडक अबरुद्ध हुँदा पृथ्वीराजमार्गमा गुडिरहेका सयौँ सवारी साधन विहानै देखि रोकिन पुगेका छन् । सडकमा जमेको लेदो माटो र वालुवा निकाल्न स्थानीय वालुवा व्यवसायीहरुले भागवण्डा लगाएर काम शुरु गरेका छन् । वालुवा र माटो छान्दै निकाल्दा सडक ४ घण्टा भन्दा बढी अबरुद्ध हुने अवस्था रहेको छ । गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको केबी कन्ट्रक्सन एण्ड सप्लायर्सद्वारा संचालित बालुवा खानीबाट आएकाे लेदाेले राजमार्ग अवरुद्ध बनाएकाे हाे। उक्त खानीबाट वर्षेनी लेदाे आएर सडक अवरुद्ध हुँदै आएकाे छ।
धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजार गर्दोखोला मोडबाट महेशदोभान बजारसम्म डेढ किलोमिटर सडकमा ठाउँ ठाउँमा बालुवा र माटोको लेदो बगेर आएपछि सडक अबरुद्ध हुन पुगेको बैरेनी वजारका स्थानीय वासिन्दा नरेश खतिवडाले वताउनु भयो । सडकमा जमेको लेदोले सवारी आगमन ठप्प हुन पुगेको छ । अबरुद्ध सडक खुलाउन प्रयास भईरहेको धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले वताउनु भयो ।

लेदो माटो र ढुंगा थुप्रिंदा सडक नदीको बगर जस्तै हुन पुगेको छ । सडक जलमग्न भएपछि सवारी साधनहरु ग्ड्न समेत सकेका छैनन् । देशका मुख्य मार्ग हुंदै राजधानी प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको पृथ्वीराजमार्ग अबरुद्ध हुंदा हजारौं व्यक्ति प्रभावित हुने गर्दछन् । मंगलबार पनि यहि ठाउँमा पहिरोका कारण ११ घण्टा सम्म सडक अबरुद्ध हुन पुगेको थियो । बिहीवार पनि हजारौं यात्रु बिच बाटोमै अलपत्र परिरहेका छन् । सडकमा खसेको लेदो माटो र वालुवा निकाल्न स्थानीय व्यवसायीले क्षेत्र तोकेर डोजरको प्रयोग गरिदिंदा सडक खुलाउन ढिलाई भईरहेको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले वताउनु भयो ।

देश विदेशका यात्रुलाई सडकमा अलपत्र पारेर वालुवा निकाल्ने काम तत्काल वन्द गरि सडक तत्काल सफा गर्ने कार्यमा लाग्न प्रहरी प्रशासन र सडक विभागलाई आग्रह गरिएको नेपालले जानकारी दिनु भयो । अहिले सडक खुलाउने प्रयास भईरहेको र आवागमन नियमित हुन अझै ३,४ घण्टा भन्दा बढी लाग्ने प्रहरीले जानकारी दिएको छ ।
राजमार्ग भन्दा माथि तिर बाताबारणिय प्रभाव मुल्याङ्कन नगरि हचुवाको भरमा खोलिएका ग्रामीण सडकका कारण बर्षा संगै भलबाढी राजामार्गमा आईपुग्ने गर्दछ । गाउँ गाउँमा करोडौं खर्च गरेर सडक निर्माण गरिनुका साथै बालुवाका लागि डाँडापाखा उत्खनन समेत गरिएका छन् । ग्रामीण सडक र वालुवा उत्खनन स्थलबाट बर्षात संगै माटो वग्दै आएर राजमार्ग अबरुद्ध हुन पुगेको हो । धादिङन्युजबाट

क्याटेगोरी : विशेष
ट्याग : #गाउँपालिका अध्यक्षको बालुवाखानी
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्