टोखाको नेसनल मोडल साइन्स स्कुलका रोजन पाण्डे एसईईमा सबै भन्दा बढी जिपीए ल्याउने बिधार्थी

काठमाडौं, १३ असार । यस वर्षको एसईई परीक्षामा काठमान्डौको टोखामा रहेको नेसनल मोडल साइन्स स्कुलका बिद्यार्थी रोजन पाण्डे सबै भन्दा बढी जिपीए ल्याउने बिधार्थी बनेका छन् ।उनले ४ मा ४ जिपीए ल्याएको नेसनल मोडल साइन्स स्कुल जनाएको छ ।स्कुलले रोजन नेपालकै सबै भन्दा बढी अंक लाउने बिधार्थी भएको समेत दाबी गरेको छ ।
प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन्। यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याए। जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन्।
यस्तै, ६० हजार ७०६ जनाले बी प्लस जीपीए ल्याए । जसमा ३४ हजार १६६ छात्र र २६ हजार ५४० छात्रा छन्। ९७ हजार २९९ ले सी प्लस ल्याए। जसमा ४५ हजार ७८९ छात्र र ५१ हजार ५१० रहेको परीक्षा बोर्डले जनाएको छ। सी जीपीए ल्याउने ९५ हजार २ सय ९ जनता छन्। जसमा ४२ हजार ८८३ छात्र र ५३ हजार ३३६ छात्रा छन्। ४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याए। जसमा छात्रतर्फ १९ हजार १३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन्। चार हजार ४२९ जनाले डी जीपीए ल्याए । जसमा १८६६ छात्र र २५६३ छात्रा छन्।
क्याटेगोरी : विशेष
ट्याग : #रोजन पाण्डे
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४राष्ट्रिय एकता
- ५आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्