Techie IT
शुक्रबार, मंसीर १२,२०७७

राजधानिको टोखामा गुठी विधेयकको विरुधमा प्रर्दशन


सरकारले गुठी व्यवस्थापनका नाममा ल्याउन लागेको विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै शुक्रवार पनि काठमाडौंको

टोखामा प्रर्दशन भएको छ । टोखा युवा क्लव, हलिं नेवाः गुथि तोखा, नेवाः ग्वाहालि पुच तोखा, र मूःध्वाखा टोल विकास संस्थाको संयुक्त आयोजनामा टोखाबासीहरुले सरकारविरुद्ध चर्का नारा लगाउदै टोखा नगर परिक्रमा गरेका थिए ।

विरोध कार्यक्रममा टोखा नगरपालिकाको विभिन्न वडाबाट जनसहभागिता सहित नगर परिक्रममा पछि बाम्फलमा कोणसभा गरिएको थियो ।

सरकारले ल्याएको विधेयक नेवारी संस्कृतीमा गम्भिर आघात पुग्ने भन्दै फिर्ता लिन माग गर्दै सरकार विरुद्ध चर्का नारा लगाइएको थियो ।


क्याटेगोरी : विशेष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545