जंगली च्याउ खाँदा एकै परिवारका चार दिदी बहिनीसहित ६ जनाको मृत्यु

जंगली च्याउ खाँदा एकै परिवारका चार दिदी बहिनीसहित ६ जनाको मृत्यु भएको छ । गत शुक्रबार च्याउ खाएर गम्भीर बिरामी परेका पाल्पाका ११ जनामध्ये तीनजनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो ।
मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्की डाँडा निवासी ४८ वर्षीय पूर्णसिंह खाम्चा मगर, १२ वर्षीया निशा सिंह ठकुरी र ६ वर्षीय सुमन सिंह ठकुरी छन् ।
निशा र सुमन कान्छा बुबा र ठूलाबुबाका छोराछोरी हुन् । दुई दिनअघि १४ वर्षीया निरुता सिंह ठकुरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने ८ वर्षीया निर्मला सिंह ठकुरी र ४ वर्षीया विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा निधन भएको थियो ।मृतक ६ जनामध्ये निशा, निरुता, निर्मला र विष्णु एउटै परिवारका दिदी बहिनी हुन् ।
विषालु च्याउ खाएर ११ जना बिरामी परेका थिए । बिरामी गरेका नाैजनाको कावासोतीस्थित मध्यविन्दु अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । बिरामीहरुमध्ये एकजना निको भएर घर फर्किएका छन् भने बाँकी चारजनाको काठमाडौंमा उपचार भइरहेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #जंगली च्याउ
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्