वडा कार्यालयमा ‘विप्लव’ नेतृत्वको नेकपाले आगजनी र तोडफोड

जाजरकोट, २९ जेठ । जाजरकोट नलगाड नगरपालिका १० रावत गाउँमा रहेको वडा कार्यालयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगजनी र तोडफोड गरेको छ ।
विप्लव समूहले मङ्गलबार राति करीब १२ बजे तिर वडा कार्यालयमा तोडफोड गरेर कागजात, फर्निचर तथा प्राविधिक सामाग्री जलाएको हो । विप्लव समूहले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको छ ।
विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले आगजनीको जिम्मेवारी लिएका छन् । उनले पार्टीकै निर्देशनमा स्थानीय जनताले जलाएको बताएका छन् ।
विप्लवको समूहका कार्यालयको ढोका फोरेर सबै सामाग्री बाहिर ल्याएर आगो लगाइदिएका थिए । उनीहरुले कार्यालयमा रहेका सहयोगीलाई नियन्त्रणमा लिएर कार्यालयका टेबुल १ थान, कुर्सी ३ थान, सोफा १ सेट, ल्यापटप १ थान र कम्प्यूटर १ थानमा तोडफोड र आगजनी गरेका थिए ।
क्याटेगोरी : विशेष
ट्याग : #विप्लव
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्