स्थानीय तहको लोकसेवा पास गर्न नालान्दा फाउण्डेशनको नयाँ सुत्र

काठमाडौ । लोकसेवा आयोगद्वारा लिइने परीक्षाहरुलाई केन्द्रित गरी प्रशिक्षित गराउने उदेश्यले अनामनगर भाटभटेनीको पूर्वपट्टी अवस्थित नालान्दा फाउन्डेशनले विविध परीक्षाहरु प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालबाट शुभारम्भ गरेको छ ।
नेपालका ख्यातिप्राप्त प्रशिक्षकहरु संलग्न गराई लोकसेवाका सम्पूर्ण परीक्षाहरु, बैकिङ्ग क्षेत्र, प्राविधिक तर्फ इन्जिनियर, सभओभरसियर, जेटिए, कम्युटर अपरेटरसहित विशेषगरी भर्खरै खुलेका स्थानीय तहका चौथों, पाँचौ र छैठौं तहलाई महत्व दिएर फाउण्डेशनले आफ्नो कक्षाहरु सुचारु गरेको छ ।

फाउण्डेशनद्वारा सञ्चालित लोकसेवा परीक्षाको कक्षा सुभारम्भमा अध्यक्ष दाहालले नेपालको प्रशासनिक इतिहासमा ठुलो तहमा रोजगारीको अवसर खुलेको सन्दर्भ उल्लेख गर्दै युवा पुस्ताहरुलाई विधिको शासन स्थापित गर्न र मुलुकलाई समृद्धतर्फ उन्मुख गराउन पनि युवावर्ग लोकसेवामार्फत प्रशासन क्षेत्रभित्र प्रवेश गर्न जरुरी रहेको बताउनुभयो । अध्यक्ष दाहालले काँधमा जिम्मेवारी, काममा इमान्दारी र मष्तिष्कमा समझदारी राख्दै युवावर्गले सेवा प्रवेश गर्नुपर्ने आजको आवश्यता भएको सन्दर्भ उल्लेख गर्नुभयो ।
मुलुकमा अब निराशा होइन उत्साह जगाउनपनि युवावर्ग नालान्दा फाउण्डेशनको कक्षामा प्रवेश गरी लोकसेवा पास गर्न सक्षम हुन सक्नुहोस् भन्दै सम्पूर्ण लोकसेवामा सहभागि हुनुहुने युवाहरुलाई शुभकामना दिनुभयो ।
दाहालले ख्यातिप्राप्त प्रशिक्षकहरु सम्मिलित गराई लोकसेवा सञ्चालन गर्ने अभियानमा लागेको नालान्दा फाउण्डेशनले धेरै भन्दा धेरै युवा वर्गहरुलाई प्रशासन क्षेत्रमा प्रवेश गराउन सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिनुभएको थियो ।
त्यसैगरी कक्षामा सहभागि भएकाहरुलाई लोकसेवा पास गर्न समयको महत्व बुझ्ने र निरन्तर अध्ययनमा लागे सफलता टाढा छैन भन्ने कुरा बतउनुभयो । नालान्दाले सञ्चालन गरेको लोक सेवा तयारी कक्षामा ख्यातिप्राप्त प्रशिक्षकहरुले प्रशासन र प्राविधिक दुवै तर्फका कक्षाहरु सञ्चालन गरेका थिए ।
क्याटेगोरी : विशेष
ट्याग : #स्थानीय तहको लोकसेवा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्