काँग्रेस निकट वान्टेड सूचीमा रहेका गुण्डा नाइके ‘राधे’ पक्राउ

काठमाडाैँ, २३ जेठ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन् । भण्डारी हतियारसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।
नेपाली काँग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न छन् । धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासी बताउँछन् ।
भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका हुन् । प्रहरीले राधेसहित उनका केही सहयोगीलाई समेत पक्राउ गरेको जनाएको छ ।
राधे पक्राउ परेको कुरा नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले पुष्टि गरेका छन् ।
प्रहरीलाई देखेपछि राधेको समूहले प्रहरीमाथि आक्रमणको प्रयास गरेको थियो । ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धदिङले जनाएको छ।
क्याटेगोरी : विशेष
ट्याग : #राधे’ पक्राउ
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्