Techie IT
मंगलबार, असोज १३,२०७७

नुवाकोटमा मोटरसाइकल दुर्घटना ,एक जनाको मृत्यु


नुवाकोटको बेलकोटगढी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । बेलकोटगढी नगरपालिका ५ को केउरेनीमा मोटरसाइकल भीरबाट खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी चाैकी तारूकाका सइ कुलबहादुर कुँवरले बिहीबार राति ९ बजे बा ६४ प ३०९९ नम्बरको मोटरसाइकल सडकबाट तल खसेको जानकारी दिए ।

दुर्घटना लगत्तै रिजाललाइ काठमाडाैँ लगिए पनि राति २ बजे ट्रमा सेन्टरमा मृत्यु भएको सइ कुँवरले जानकारी दिए ।  दुर्घटनामा मोटरसाइलको पछाडि बस्ने जनक रिजाल गम्भीर घाइते भएका छन । उनको पनि ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।


क्याटेगोरी : विशेष
ट्याग : #मोटरसाइकल दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!