कागेश्वरी मनहरामा विद्युत् ट्रान्सफरमरमा परेर चितुवाको मृत्यु

काठमाडाैँ, १४ जेठ । काठमाडौँको कागेश्वरी मनहरा नगरापलिका वडा नं.१ स्थित गागलफेदि गाउँमा विद्युत् ट्रान्सफरमरमा परेर एक चितुवाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले लोपोन्मुख जनावरको सूचीमा राखेको चितुवा होचो ठाउँमा ट्रान्सफरमर राखिएका कारण दुर्घटनामा परेको संरक्षण अधिकारीहरुको अनुमान छ। करिब एक वर्ष उमेरको चितुवा पोथी हो। उसको लम्बाइ साढे ५ फिट थियो।
बिजुलीको ट्रान्सफरमरले करेन्ट लागेर बिग क्याट प्रजातिको जनावर मृत्यु भएको घटना नेपालको हकमा एकदमै अनौठो रहेकाो जिल्ला वन कार्यालयले बताएको छ ।
स्थानीयका अनुसार सो क्षेत्रमा दुई-चार दिनदेखि चितुवा देखिएको थियो । शिवपुरी राष्ट्रिय निकुञ्जबाट निस्केको चितुवा गागलफेदि आइपुगेको अनुमान संरक्षणकर्मीको छ। दुर्घटना भएको ठाउँ नजिकै ईश्वरी महिला र कल्पवृक्ष सामुदायिक वन रहेका छन्।
तलबाट माटो उठाइएका कारण ट्रान्सफरमर राखेको ठाउँ अग्लो छैन । नजिकै चराका गुडहरु छन् । आवाज सुनेर खानाको खोजीमा माथि चढ्दा दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

क्याटेगोरी : विशेष
ट्याग : #चितुवाको मृत्यु
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्