बिजुली नभएको बेलामा छोरीलाई बन्धक बनाएर आमामाथी झापामा खुकुरी प्रहार

झापाको मेचीनगर नगरपालिकामा एक महिलामाथी गएराति अज्ञात समूहको धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ । वडा नम्बर १० धुलाबारीकी ४१ वर्षीया आरती चौहान बुढाथोकीमाथी आक्रमण भएको हो ।
उहाको आम्दा अस्पताल धुलाबारीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ। घरमा सात वर्षीया छोरी अर्पणसँगै सुतिरहेकी चौहानलाई बुधबार मध्यरातमा आएका अपरिचित दुई जना व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । राति खाना खाएर आमाछोरी एउटै कोठामा सुतेका अवस्थामा अपरिचित व्यक्तिहरु कोठामा प्रवेश गरी आमाको टाउकोमा खुकुरी प्रहार गरेको छोरी अर्पणाले बताएकी छिन्।
‘राति हावाहुरीसँगै पानी परेकोले बिजुली नभएको बेलामा मान्छेहरु कोठामा प्रवेश गरेको हो’, अर्पणाले भनिन्, ‘ममीलाई पेटमा बसेर टाउँको खुकुरी प्रहार गरेको हो, मलाई घाटी न्याकेर हल्ला गरिस् भने तँलाई पनि यही खुकुरीले काटिदिन्छु भनेका थिए।’ आराती कोठाभित्र अर्धनङ्ग अवस्थामा बिहान भेटिएकी थिइन्। कोठा रक्ताम्य अवस्थामा थियो। घटनाबारे बिहीबार बिहान अर्पणाले झ्यालबाट कराएर बोलाउँदा स्थानीयले थाहा पाएका थिए। बालिका कराएपछि हेर्न जाँदा बाहिरबाट ढोकामा चुक्कुल लगाइएको भेटिएको स्थानीयहरुले बताएका छन्।
क्याटेगोरी : विशेष
ट्याग : #खुकुरी प्रहार
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्