मोटोपन भएका पुरुषलाई नौलो अवसर, दोस्रो अडिसन यहि जेठ १८ गते

काठमाडौं । के तपाईं मोटोपनाका कारण निरास हुनुहुन्छ ? अब निरास नहुनूस, किनकी तपाईंलाई साथ दिन आउँदै छ ‘मिस्टर प्लस साइज नेपाल’ । मिस्टर प्लस साइज नेपाल’ ग्लोरी मिडियासँगको सहकार्यमाझ मोडल सङ्स नेपालले आयोजना गर्दैछ ।
नेपालमा पहिलोपटक हुन गईरहेको मिस्टर प्लस साइज सौन्दर्य प्रतियोगिताको प्रथम अडिसन गत जेठ ०४ गते सम्पन्न भएको छ । त्यस्तै प्रतियोगिताको दोस्रो तथा अन्तिम अडिसन यहि जेठ १८ गते शनिवार हुँदैछ । प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति गत बैशाख ०२ गतेबाट अडिसन फाराम वितरण शुरु गरिएको थियो । अडिसन फारम बागबजार स्थित कृषि बैंक मार्गमा रहेको ग्लोरी मिडिया र मोडल सङ्स नेपालको कार्यालयबाट वितरण हुँदै छ ।
अडिसन फारम अडिसनको दिनसम्म भर्न सकिने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् । १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्ष भन्दा माथिका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान राखिएको छ । अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट ब्यक्तित्व विकास, मोटिभेसनल, मोडलिङ आदी सम्बन्धी करिब एक महिना लामो प्रशिक्षण दिईने आयोजक संस्थाका प्रमुख डेबिल सिंह राजपुतले बताए ।
मोडल सङ्स नेपालले विगत २ वर्षदेखि महिलाहरुका लागि सुपर प्लस साईज मोडल नेपालको आयोजना गर्दै आएको छ । मिस्टर प्लस साईज नेपाल प्रतियोगिताले मोटोपना भएका युवाहरुलाई प्रोत्साहित गर्ने ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले क्रमश: ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद सहित विभिन्न गिफ्ट ह्याम्परका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी आयोजक संस्थाले दिएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #मोटोपन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्