Techie IT
सोमबार, मंसीर १५,२०७७

दोस्रो पटक सीताको सिउँदो रंग्याउँदै प्रचण्ड


२६ वैशाख, काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५० औँ वर्षगाँठ पत्नी सीता दाहालको खुशीका लागि भव्य रूपमा मनाउने भएका छन । प्रचण्ड र सीताको बिबाह भएको आज ५० वर्ष पूरा भएको छ । केही समयदेखि स्वास्थ्यमा आएको  गम्भीर समस्याको उपचार गराइरहेकी पत्नीको स्वास्थ्यमा सुधार आउने अपेक्षासहित प्रचण्डले सीताको सिउँदो दोस्रो पटक रंग्याउन लागेका हुन । यस कार्यक्रमबाट सीताको मनोबल बढाउन मद्दत पुग्ने प्रचण्ड परिवारको अपेक्षा रहेको छ ।

सुनाकोठीमा रहेको एक आफन्तको घरमा बिहीबार अपरान्ह ५ बजे वर्षगाँठ मनाउने कार्यक्रम राखिएको छ । वर्षगाँठको कार्यक्रममा आफन्तहरू, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यहरू, राष्ट्रपति, उपराष्ट्रपति र सरकारका मन्त्रीहरूलाइ निमन्त्रणा पठाइएको छ ।


क्याटेगोरी : विशेष
ट्याग : #प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545