के तपाईंले पाउने मानवअधिकार हनन भएको छ ? नआत्तिनुहोस् हनन भए सरकारी सुविधा

के तपाईंले पाउने मानवअधिकार हनन भएको छ ? वा कसैले तपाईंको अधिकार खोसेको छ ? छ भने नआत्तिनुहोस्, किनकि अब तपाईंले क्षतिपूर्तिबापत कुनै न कुनै प्रकारको सरकारी सुविधा पाउनुुहुनेछ । सरकारले यस्तै व्यवस्था समेटिएकोे ‘राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद् सचिवालयमा दर्ता गरेको छ । यो ऐनको नाम ‘राष्ट्रिय मानवअधिकार आयोग (पहिलो संशोधन) ऐन, २०७५’ रहेको छ ।
संघीय संसद्को बैठक सोमबार बोलाइएको छ । बैठक आह्वान भएसँगै विधेयक दर्ता हुनथालेको छ । योभन्दा अघि ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ दर्ता भएको प्रतिनिधिसभाको विधेयक शाखाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको ‘राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक’ मा नेपालको संविधानले मानवअधिकारको संरक्षणका लागि गरेको व्यवस्थालाई थप सुदृढ बनाउन ऐन ल्याएको जनाइएको छ । सरकारले यो ऐन आएपछि कानुनी राज्यको अवधारणा साकार पार्न मानवअधिकारको संरक्षणमा आयोगको भूमिका अझ बढी सशक्त बनाउनुपर्ने भएकाले ऐन संशोधन गर्नुपरेको प्रस्ट पारेको छ ।आजको नेपाल समाचारपत्रमा समाचार छ ।
क्याटेगोरी : विशेष
ट्याग : #मानवअधिकार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्