मन्त्रीले गराए बालविवाह

लहान, १४ वैशाख । बालविवाह अपराध हो ।समाजमा अपराध न्यूनीकरण गर्न सरकारले करोडौँ खर्च गर्दै आएको छ । तर, प्रदेश २ को सरकारका उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च दिएर १४ वर्षीया बालिकालाई तड्कभड्का साथ विवाह गराइदिएका छन् ।
कानूनको पालना गराउने राज्यमन्त्री मण्डलले २०६२ वैशाख १० गते जन्मिएकी कल्याणपुर ३ पर्साहीकी राधा मल्लिकलाई २०७६ वैशाख ११ गते लाखौँ खर्च गरेर विवाह गराइदिएका छन् ।
राज्यमन्त्री मण्डलले कुशे डोमका छोरी राधालाई शिक्षाको लागि लगानी नदिएर कलिलै उमेरमा विवाह गराएर कानूनी राज्यलाई धज्जी उडाएका छन् ।
राज्यमन्त्री मण्डलले कन्यादान समेत गरेर शिक्षाबाट मल्लिकलाई बञ्चित गराएका छन् । राधा स्थानीय पर्साही माविमा कक्षा २ मा पढ्दै गर्दा २०७२ मा विद्यालय जान छाडेकी थिइन् ।
राज्यमन्त्री मण्डलले दहेजको समेत प्रोत्साहन गरी सुन दान, भोजभतेर गरी तडकभडकका साथ सो विवाह गराएका थिए ।
राज्यमन्त्री मण्डलले बिहे भएको राति शिक्षाबाट बञ्चित पारिएकी राधालाई अर्शीवाद दिएर बिहान बिदाइ गरेका छन् । राज्यमन्त्री मण्डलले शिक्षामा जोड नदिई कलिलो उमेर विवाह गराएर दलित समाजलाई जिस्कियाइएको मानव अधिकारकर्मी राजकुमार राउतको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले बालविवाह अपराध भएको बताएका छन् ।
‘मिडियामा आएको घटनावारे हामी अनुसन्धानमा लागेका छौँ । उजुरी आए तीब्र अनुसन्धानमा लाग्ने छौँ’, एसपी श्रेष्ठले भनेका छन्, ‘कानून सबैको लागि बराबर हो ।’
क्याटेगोरी : विशेष
ट्याग : #बालविवाह
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्