ल्याण्डफिल साइट सिसडोलबाट बञ्चरेडाँडा सर्ने, १७ सय रोपनी जग्गा अधिग्रहण

१३ वैशाख, काठमाडौँ । ल्याण्डफिल साइट सिसडोलबाट बञ्चरेडाँडा सर्ने भएको छ । नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको वडा नम्बर २ ओखरपौवामा रहेको फोहर बिसर्जन केन्द्र अब नुवाकोटकै ककनी गाउँपालिका र धादिङको धुनीवेसी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने बञ्चरे डाँडामा सार्न लागिएको हो । यसका लागि आवश्यक सबै तयारीको काम हुँदैछ ।
बिहीबार सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बञ्चरेडाँडाको ल्याण्डफिल साइटको शिलान्यास गरेका छन । ल्याण्डफिल साइटका लागि १७ सय रोपनी भन्दा बढी जग्गा अधिग्रहण भैसकेको छ भने अझै केही सय रोपनी जग्गा अधिग्रहण गर्ने तयारी रहेको छ । काठमाडौं र ललितपुर महानगरपालिकासहित काठमाडौँ उपत्यकाका १८ वटा नगरको फोहोर व्यवस्थापन हाल सिसडोलमा हुँदै आएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #सिसडोल
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्