विदेशी क्लवमा नेपाली युवतीका यौनकर्म ,कसरी पुग्छन् विदेशी क्लवसम्म ?

विदा मनाउन या घुम्नका लागि छोटो अवधिका लागि दिइने भिजिट भिसाको दुरुपयोग गर्दै कतिपय नेपाली युवतीले यौन कर्मलाई अँगालेका विवरणहरू सतहमा आउन थालेका छन् ।
नेपालमा कम आम्दानी हुने र बेरोजगार युवती तथा छोटो समयमा लखपति हुने महत्वकांक्षा बोकेका युवतीले यस्तो बाटो अँगालेको पाइन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अथवा भारतको नयाँ दिल्ली हुँदै यसरी नेपाली युवती अफ्रिका, युरोप, खाडी र मलेसीयासम्मका क्लवमा पुग्ने गरेका छन् ।
पर्यटकीय केन्द्र बन्न थालेका संयुक्त अरब इमिरेट्स (युएइ), कतार र मलेसीयाका लागि भने नेपाली भूमी प्रयोग गरेर युवतीहरू डान्सबार र क्लवहरूमा पुग्छन् । उनीहरूसँग तीन महिनाको भिजिट भिसा हुने गरेको छ ।
यस अलावामा थाइल्यान्ड र भारतमा पनि नेपाली युवती पुग्ने गरेका छन् ।
हालै मात्र अफ्रिकी मुलुक केन्याबाट १२ नेपाली युवतीलाई डान्सबारबाट नियन्त्रणमा लिएपछि भिजिट भिसाको दुरुपयोग गरी त्यहाँसम्म पुगेको खुलेको छ । उनीहरू यौन कर्मका लागि कसरी आइपुगे भन्ने केन्या प्रहरीले छानबिन गरिरहेको छ ।
कसरी पुग्छन् विदेशी क्लवसम्म ?
खासगरी नेपाली क्लव र डान्सबारमा काम गर्ने युवती नै विदेशी क्लवसम्म पुग्ने गरेका छन् । उनीहरू नेपालमा राम्रो आम्दानी नभएपछि विदेशी क्लवसम्म पुग्ने प्रलोभनमा पर्छन् ।
नेपालका पाँचतारे होटलमा रहेका क्यासिनो क्लवहरूमा नाच्ने र मनोरञ्जन प्रदान गर्नेहरू यसरी विदेशसम्म पुग्नेको संख्यामा बढी हुन्छन् ।
खासगरी क्यासिनोमा आउने विदेशी जुवाडे र दलालको प्रस्तावको प्रलोभनमा परी नेपाली युवती विदेशी क्लवमा नाङ्गो नाच र यौनकर्मसम् मगर्न तयार हुन्छन् । उनीहरूका लागि खर्चको व्यवस्था तिनै दलाल र विचौलियाहरूले गरेका हुन्छन् ।
कतिपय प्रभावमा पर्छन् भने कतिपय रहरले पनि पुगेका हुन्छन् । एक प्रहरी अधिकारी भन्छन्,‘केही घटना र नेपालमा उद्दार गरी ल्याएका युवतीहरूले लोभका कारण त्यसरी पुग्ने गरेको बताएका छन् ।’
छोटो अवधिका लागि नेपाल सरकारले स्वीकृति दिएको भिजिट भिसाको दुरुपयोग गरी यस्तो काम हुने गरेको खुलेको हो ।
धेरै युवतीहरूले छोटो समयमा नै धेरै आम्दानी गर्ने रहरमा डान्सबार र रेष्टुरेन्टमा डान्सर बन्ने निधो गर्छन् । डान्ससँगै यौन व्यावसाय पनि गर्नुपर्छ भन्ने उनीहरूलाई जानकारी हुन्छ ।
दलालसँग सबै प्रकारका सहमतिका आधारमा भारतको विमानस्थलसम्म पुगेर सम्बन्धीत मुलुक पनि पुग्छन् । त्यहाँ काम गरी केही रकम आर्जन पनि हुन्छ । तर, जब पक्राउ पर्छन् अनि फँसेको र झुक्किएको भन्ने आरोप लगाउने गरेको पनि बताइन्छ ।
कम्तिमा मासिक दुई लाखभन्दा ज्यादा कमाई हुने देखेपछि युवती प्रलोभनमा पर्छन् । कतिपय मुलुकमा भने तीन महिनाको अवधिमा लाखौं कमाई समेत हुने गरेको पाइन्छ ।
यसरी विदेशमा रहेका क्लवमा नेपाली युवती लैजाने गिरोह नै सञ्चालन गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही पनि चलाएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #यौनकर्म
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्