ग्लोबल नेप्लिज सेफ फेडेरेशनले २०७६ साललाई नेपाली खाना बर्षको रुपमा मनाउने

काठमाडौं, ३० चैत्र – ग्लोबल नेप्लिज सेफ फेडेरेशनले २०७६ साललाई नेपाली खाना बर्षका रुपमा मनाउने भएको छ । फेडेरेशनले २०७६ साल अवधीमा विविध कार्यक्रम गर्ने भन्दै कार्य तालिका सार्वजनिक गरेको छ ।
फेडेरेशनले युट्युव च्यानलमा नेपाली खाना सम्बन्धी शो, युवा सेफको लागि नेपाली खानाको च्यालेन्ज कप, पशुपति परिसरमा खिर बितरण, नेपाली कुलिनरी कप, फुड फेस्टिवल, बिश्व नेपाली सेफ सम्मेलन, विश्व किर्तिमानी नेपाली सुप, जापान ,यु के ,अस्ट्रेलिया ,फिनल्याण्ड ,अमेरिका कतार र दुबई मा नेपाली कल्चर सहित को फुड फेस्टिवल, विभिन्न जात जातीका खाना सम्बन्धी कार्यक्रम र सेफ ट्रेनिंङ संचालन गर्दै २०७६ साललाई नेपाली खाना बर्षको रुपमा मनाउने तयारी गरेको जानकारी ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारीले दिएका छन् ।
कार्यतालिका १। प्रत्यक महिना २ वटा युट्युव च्यानलमा नेपाली खाना सम्बन्धी शो २।अषाढ महिना युवा सेफको लागि नेपाली खानाको च्यालेन्ज कपको आयोजना ३। श्रावण १५ पशुपति परिसरमा खिर बितरण ४।भाद्र महिनामा नेपाली कुलिनरी कप साथै काठमाडौँमा फुड फेस्टिवल ५।
आश्विन महिना बिश्व नेपाली सेफ सम्मेलनको साथै विश्व किर्तिमानी नेपाली सुप ७००० लिटर ६। कार्तिक देखि माघसम्म विभिन्न देश (जापान ,यु के ,अस्ट्रेलिया ,फिनल्याण्ड ,अमेरिका कतार र दुबई मा नेपाली कल्चर सहित को फुड फेस्टिवल ७। विभिन्न जात जातीका संस्कृतिसंग मिलेर खाना सम्बन्धी कार्यक्रम ८। सेफ ट्रेनिंङ संचालन
क्याटेगोरी : विशेष
ट्याग : #नेप्लिज सेफ
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्