आफ्नै श्रीमतीको टाउको बोकेर प्रहरी चौकी पुगे यी व्यक्ति

भारतमा एक व्यक्तिले श्रीमतीको टाउको काटी प्रहरी चौकीमा लिएर गएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४ सय ५० किलोमिटर टाढा मुरैना जिल्लाको चम्बर इलामा उक्त घटना भएको बीबीसीले जनाएको छ ।
कल्याण शाक्यवार नाम गरेका व्यक्तिले श्रीमतीको हत्या गरेर टाउको हातमा झुन्ड्याउँदै कल्याण महुवा प्रहरी चौकीमा पुगेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
मुरैनाका प्रहरी अधीक्षक रियाज इकबाल घटनाको जानकारी दिँदै भन्छन्, ‘घटना बुधबार बाहिर आएको हो । कल्याण शाक्यवार नाम गरेका एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेर थानामा आफैविरुद्ध उजुरी दिन आएका थिए । उनले आफूले श्रीमतीको हत्या गरेको बताए । उनलाई तुरुन्तै गिरफ्तार गरेर प्रहरीले घटनाको अनुसन्धाान गरिरहेको छ ।’
प्रहरीका अनुसार कल्याण र उनकी श्रीमती पंकजबीच हरेक दिनजसो उनीहरुबीच झगडा हुन्थ्यो । यसै क्रममा बुधबार झगडा बढ्दै गएपछि कल्याणले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।
कल्याणले श्रीमतीको हत्या गरेर उसले टाउको हातमा झुण्ड्याउँदै प्रहरी चौकी पुगेका थिए । उनको हातमा एक महिलाको टाउको देखेर सबै डराइरहेका थिए ।
उनीहरूको विवाह १० वर्षअघि भएको थियो। उनीहरूका तीन छोराछोरी छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #श्रीमतीको टाउको
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्