नेपालकै कान्छी उपमेयर थारु राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त

नेपालकै कान्छी उपमेयर शिवकुमारी चौधरी(थारु) नेपाल सरकारको राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त भएकी छिन् ।
नेपाल सरकारको मन्त्रिपरिषदको चैत ११ गतेको निर्णयानुसार चौधरीलाई राष्ट्रिय बिवकास परिषदको सदस्यमा नियुक्त गरिएको हो ।
राष्ट्रिय योजना आयोग (गठन तथा कार्य संचालन) आदेश, २०७४ को दफा ७ को उपदफा २(ञ) बमोजिम चौधरी (थारु) लाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको आयोगका सदस्य सचिव लक्ष्मण अर्यालद्वारा हस्तक्षरित पत्रमा उल्लेख छ ।
आगामी आर्थिक वर्ष २०७६–७७ देखि कार्यान्वयनमा ल्याउने गरी आयोगबाट तयार गरिएको पन्ध्रौं योजना २०७५–७६ देखि २०८०–८१ को राष्ट्रिय विकास परिषदमा छलफल गरी मार्ग तथा पृष्ठपोषण प्राप्त गर्न नेपाल सरकार, मन्त्री परिषदको निर्णयले थारुलाई राष्ट्रिय विकास परिषद २०७५ को सदस्यमा नियुक्त गरिएको बताइएको छ ।
थारु कपिलवस्तुको शिवराज नगरपालिकाको उपमेयर हुन् । शिवराज नगरपालिकाको शिवराज नगरपालिका १, शिवपुर बस्ने थारु नेपालकै कान्छी उपमेयरमा पर्छिन् ।
क्याटेगोरी : विशेष
ट्याग : #कान्छी उपमेयर
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्