‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गरिने

ताप्लेजुङको तारेभिरमा भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने भएको छ ।
आगामी वैशाख २२ गते उहाँको जन्मदिनमा औपचारिक घोषणा गर्ने गरी ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गर्न लागिएको पत्नी विद्या भट्टराईले जानकारी दिनुभयो । “प्रतिष्ठानको स्वरुप र संरचनाको विषय अहिले छलफल कै चरणमा छ, तयारी समिति निर्माण गरेर काम अगाडि बढाइएको छ,” मन्त्री अधिकारीको स्मृतिमा आज प्रज्ञा प्रतिष्ठानमा आयोजित श्रद्धाञ्जलिसभाका क्रममा उहाँले भन्नुभयो ।
उहाँका अनुसार प्रतिष्ठान निर्माण गर्न प्रा डा भरतप्रसाद पहारीको संयोजकत्वमा नौ सदस्यीय तयारी समिति बनाइएको छ । समितिमा राजनीतिक प्रतिनिधि, परिवारका सदस्य, शुभेच्छुक र मन्त्री अधिकारीका साथी आबद्ध हुनुहुन्छ । उहाँले भन्नुभयो, “म धेरै भन्न सक्ने अवस्थामा त छैन, समृद्धिबाट परिवर्तन भन्ने उहाँको जुन मान्यता थियो, त्यसलाई आगामी दिनमा अगाडि लिएर जान सक्यौँ भने उहाँ प्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।”
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई सफल बनाउन र उहाँको कृतिलाई संस्थागत गरी अमरत्व प्रदान गर्न नेपाल प्रज्ञा प्रतिष्ठानले हरतरहबाट सहयोग गर्ने बताउनुभयो । “नयाँ रवीन्द्र अधिकारीको रुपमा विद्या भट्टराइलाई देख्ने छौँ, उहाँको छाँया पर्ने विश्वास छ,” कुलपति उप्रेतीले भन्नुभयो । अधिकारीसहित भाषाशास्त्री बालकृष्ण पोखरेल र मदनकुमार दाहालको सम्मानमा बुधबार एकदिन प्रतिष्ठान बन्द गर्ने निर्णय गरेकोसमेत उहाँले जानकारी दिनुभयो ।
तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षकसमेत रहनुभएका अधिकारीका ‘समृद्ध नेपाल’ र ‘लोकतन्त्र संविधानसभा र राज्य पुनःसंरचना’ गरी दुइवटा पुस्तक प्रकाशित छन् । प्रतिलिपी अधिकार संरक्षणको कानूनका सुत्रधार अधिकारीले तीन वटा प्रतिष्ठानलाई मर्ज गर्ने विषय उठ्दा अधिकारी त्यसको विपक्षमा उभिनुभएको प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बुले जानकारी दिनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्