धर्मस्थलीका समिट तिमिल्सिनाले अँगालो मारेर वल्र्ड रेकर्ड राख्दै

काठमाडौंको तारकेश्वर नगरपालीका नेपालटारस्थित गुरुकुल पब्लिक स्कुलको कक्षा ८ मा अध्यननरत १४ वर्षिय मेधावी विधार्थी समिट तिमिल्सिनाले एक मिनेटमा १ सय १३ व्यक्तिसँग अँगालो मारेका छन् ।
यसअघि अमेरिकाका जसोन राइटरले वल्र्ड रेकर्ड कायम गर्दै आएका थियो । जसोनले सन् २०१७ अक्टोबर मा ८६ जनासँग अँगालो हालेर आफ्नो रेकर्ड कायम गर्दै आएको थियो । तर तिमिल्सिनाको प्रस्तुत सफलतासंगै यो रकेर्ड नेपालका समिटको नाममा आउँने भएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमकावीच नेपाल सरकारका पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुखआतिथ्यता एवमे तारकेश्वर नगरपालीकाका प्रमुखको विशेष आतिथ्यतामा आयोजित एक कार्यक्रमकावीच तिमिल्सिनाले वल्र्ड रेकर्डका लागि एक मिनेटमा एकसय १३ जनासँग अँगालो मारेका हुन् ।
कार्यक्रममा समिटको सफलताको लागि विधालय परिवार, उनका अभिभावक एवम् विशिष्ट अतिथीहरुले शुभकामना दिदै मुलुक र आफ्नो विधालयको प्रतिष्ठा अभिवृद्धिमा महत्वपूर्ण योगदान गरकोमा खुसी अभिव्यक्त गरेका छन ।
क्याटेगोरी : विशेष
ट्याग : #समिट तिमिल्सिना
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्