राजधानीमा खतरनाक चोरहरुको बिगबिगी, नागार्जुनमा महिलाको शव भेटियो

काठमाण्डु, २८ फागुन– राजधानीका दुई छुट्टाछुट्टै स्थानमा आज आठ लाखभन्दा बढीको धनमाल चोरी भएको छ ।
काठमाण्डु महानगरपालिका–२६ कपुरधारामा डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का अमृतकुमार श्रेष्ठको कोठाबाट नगद एक लाख ५० हजारसहित सुनका गरगहना गरी दुई लाख ४० हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाण्डु महानगरपालिका–१४ बल्खुस्थित मकवानपुर बज्रबराहीका २४ वर्षीय प्रयास बलामीको निकुञ्ज ट्रेड प्रालिबाट विभिन्न कम्पनीका मोबाइल, पेनड्राइभ र मेमोरी कार्डसमेत गरी करीब पाँच लाख ७७ हजार बराबरको धनमाल मंगलबार बिहान चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरीमा संलग्न भएका फरार रहेकाले खोजी जारी रहेको जनाइएको छ ।
यता काठमाण्डु महानगरपालिका–३ हल्चोक बस्ने सुनसरी धरान नगरपालिका–१५ का ४५ वर्षीया निरमाया चेमजोङ नागार्जुनस्थित पाँचधारा पानी ट्याङ्की नजिक मृत भेटिएकी छिन् । घटनाको सम्बन्धमा अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #चोरहरुको बिगबिगी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्