महिला हिंसा सम्बन्धी एक दिने कानुनी अभिमुखिकरण कार्यक्रम सम्पन्न

ललितपुर मानपा वडा ५ को सहयोग र दक्षिणकाली महिला समुहको आयोजनामा एक दिने महिला हिंसा सम्बन्धी कानुनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विश्व नारी दिवशको पुर्ब सन्ध्यामा आयोजित उक्त अभिमुखिकरण कार्यक्रममा करिब १५० महिलाहरुको सहभागिता रहेको थियो ।
जसमा वडा स्थित महिला समुहमा आबद्ध महिला दिदी बहिनीहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो । कार्यक्रम उदघाटन संघिय साम्सद पम्फा भुसालले गरेकी थिइन भने ललितपुर स्थित वडा नम्बर ५ का अध्यक्ष विकासमान श्रेष्ठ लगायतले उपस्थिति जनाएका थिए ।
कार्यक्रमको उदघाटन पस्चात सभालाई सम्बोधन गर्दै साम्सद भुसालले अधिकार मागेर मात्रै प्राप्त नहुने बताउदै महिलाहरुले आफ्नो अधिकार सुनिश्चित गर्न निर्भिक ढंगले प्रस्तुत हुने साहस राख्नुपर्ने बताईन ।
कार्यक्रममा बोल्ने क्रममा वडा सदस्य समेत रहेकी दक्षिणकाली महिला समुहका अध्यक्ष शोभादेवी प्रधान श्रेष्ठले महिला हिँसालाई कम गर्न महिलाहरुको आर्थिक शसक्तिकरणका कार्यक्रमको खाचो तड्कारो आवश्यकताको रुपमा रहदै आएको र यसका लागि वडा स्तरमा कामहरु हुँदै आएको बताईन ।
कार्यक्रम माझ बोल्दै वडा सदस्यद्वय पुनम निरौला र मैया रिजालले महिला हिँसा कम गर्न सम्पूर्ण महिलाहरु सचेत हुनुपर्ने खाचो रहेको अौल्याएका थिए । वडाअध्यक्ष विकासमान श्रेष्ठले महिला हिंसाको कानुनी उपचार बारेमा वडाबासी महिलाहरुले जानकारी हासिल गर्न सकुन भन्ने उदेश्यका साथ कानुनी अभिमुखिकरण कार्यक्रम आयोजनामा आएको जानकारी दिए ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्