नेपाली श्रमिकको हकहित संरक्षणमा जोड

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रवासी नेपाली श्रमिकको हकहित संरक्षणमा जोड दिनुभएको छ ।
कतारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँग सोमबार अपराह्न भएको भेटमा उहाँले कतारमा कार्यरत नेपालीको हकहितको रक्षामा जोड दिनुभएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।
मन्त्री ज्ञवालीले आफ्ना कतारी समकक्षीलाई नेपालमा लगानीका निम्ति कतारका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्न तथा आगामी चैतमा काठमाडौँमा आयोजना हुने दोस्रो लगानी सम्मेलनमा सक्रिय सहभागिताका निम्ति आग्रह गर्नुभयो । मन्त्रीद्वयबीच नेपाल–कतार सम्बन्धलाई अझ सुदृढ तुल्याउने, पारस्परिक हित र चासोका साथै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय महत्वका विविध विषयमा विचारविमर्श भएको थियो ।
त्यसैगरी मन्त्री ज्ञवालीसँग बेलायतका विदेश राज्यमन्त्री अहमद विम्वल्डनले भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग तथा मानवअधिकार परिषद्का विषयवस्तु र प्राथमिकताबारे छलफल भएको थियो । परराष्ट्रमन्त्रीले मानवअधिकारप्रतिको नेपालको प्रतिबद्धताबारे परिषद् बैठकमा आज जानकारी दिनुहुनेछ भने मृत्युदण्डसम्बन्धी उच्चस्तरीय बहसमा भाग लिने कार्यक्रम रहेको उक्त नियोगले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्य हो ।
सोमबार प्रारम्भ भएको उक्त बैठकलाई संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटरेस, परिषद्का अध्यक्ष क्लोए सेक, संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिचेल बेचेलेटलगायतले सम्बोधन गर्नुभएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #नेपाली श्रमिक
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्