Techie IT
सोमबार, चैत्र ३०,२०७७

टोखा नगरपालिकामा भौगोलिक सूचना प्रणाली (GIS) सम्बन्धि ५ दिने कार्यशाला तथा तालिम सम्पन्न


 

काठमाडौं फागुन ७ । टोखा नगरपालिकामा भौगोलिक सूचना प्रणाली (GIS) सम्बन्धि ५ दिने कार्यशाला तथा तालिम सम्पन्न भएको छ । फाल्गुन २ गते देखि टोखा नगरपालिकाको आयोजना मा सुरु भएको उक्त तालिम टोखा  नगरपालिका  वडा नं ५ को सभाहलमा सोमबार  सम्पन्न भएको हो।  उक्त तालिममा टोखा नगरपालिका१७ जना प्राबिधिक कर्मचारी र प्रत्येक वडाका कार्यलय सहायक र वडा सचिबहरु गरि  उक्त तालिममा २८ जना  सहभागी भएका थिए।

टोखा नगरपालिकाको  स्थानीय स्तरमा छरिएर रहेका विभिन्न तथ्यांक तथा सूचना एकत्रित गरी आफ्नो सिमाना भित्रका मानवीय र प्राकृतिक संसाधनको नक्सांकन गरी, स्थानीय जनतासँग प्रत्यक्ष संलग्न भएर वैज्ञानिक योजना बनाउन र नगरपालिकाका कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको टोखा नगरपालिकाले जनाएको छ ।

तालिम पश्चात नगरपालिकाले आफ्नो क्षेत्रका वस्तुस्थितिको विस्तृत अध्ययन विश्लेषण, भू–उपयोगको नक्सा अद्यावधिक बनाउने, उक्त तथ्यांकको आधारमा अल्पकालीन तथा दीर्घकालीन योजना निर्माण गर्न सहयोगी हुने बिश्वास लिएको छ । आफ्ना सेवा केन्द्रहरु तथा प्राकृतिक श्रोतको वैज्ञानिक तथा न्यायिक वितरण गर्न उपयोग गर्न सहयोग पुग्नेछ भने जंगल, मानव, वन्यजन्तु, खोलानाला, खेतीयोग्य जमिन, भौतिक पूर्वाधारको विवरण तथा अवस्थिति हेरी अल्पकालीन तथा दीर्घकालीन प्रक्षेपण गरेर योजना बनाउन सक्नेछ ।

तालिममा प्रमुख प्रशिक्षक डा .भोजराज घिमिरे, इन्जीनियर दिनेश भण्डारी, इन्जीनियर बिजय महर्जन , एलिना महर्जनले GIS को कन्सेप्ट सफ्टवेयर इन्स्टलेसन, GEO रिफरेन्स डिजिटलाइजेसन, फिल्ड डाटा संकलन, नक्सा डिजाइन ,कार्टोग्राफी, लगायतको बिषयमा प्रशिक्षण प्रदान गरेका थिए।फागुन २ गते देखि सुरु भएको उक्त तालिम फागुन ६ गते सोमबार समपन्न भएको हो।

समापन कार्यक्रमको प्रमुख अतिथि टोखा नगरपालिकाकि उप प्रमुख ज्ञान माया डंगोल रहेकी थिइन् भने बिशेष अतिथिको रुपमा टोखा नगरपालिका वडा नं५ का वडा अध्यक्ष जगन्नाथ ढकाल, कार्यपालिका सदस्य कल्पना घिमिरे प्रमुख प्रशिक्षक डा भोजराज घिमिरेलगायत प्रशिक्षार्थी कर्मचारीको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले गरेका थिए।कार्यक्रममा तालिममा सहभागीहरुलाई टोखा नगरपालिकाकि उप प्रमुख ज्ञान माया डंगोलले तालिमको  प्रमाण पत्र वितरण गरेकी थिइन।

उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फा बाट रुद्रराज आचार्यले तालिमको अनुभब तथा फाइदाको बारेमा प्रकाश पर्दै सो तालिम एकदमै उपयोगी भएको कर्मचारीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुगेको बताएका थिए। उनले तालिम छोटो भएको हुँदा आगामी दिनमा तालिमको समय लम्ब्याउन अनुरोध गरेका थिए।

कार्यक्रममा प्रशिक्षकको रुपमा बोल्दै प्रमुख प्रशिक्षक डा भोजराज घिमिरेले तालिमको दौरान सिकेका ज्ञानलाइ व्यवहारमा उतार्न अनुरोध गरेका थिए उनले विश्व बिद्यालयको सेमेस्टरको कक्षा लाइनै छोटाएर पांच दिनको बनाएको हुँदा त्यो पर्याप्त नभएकोयद्यपि सो सम्बन्धि आधारभूत  ज्ञान भने प्रशिक्षार्थीहरुले प्राप्त गरेको बताए उनले सो तालिम मात्र पर्याप्त नभएको  हुँदा  यदि नगरपालिका बाट माग भएमा आगामी दिनमा थप तालिम दिन सकिने समेत बताएका थिए ।उनले पांच दिन सम्म उत्सुकता पुर्वक तालिममा सहभागी भएकोमा  धन्यबाद  दिएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि टोखा नगरपालिकाकि उप प्रमुख ज्ञान माया डंगोलले तालिममा सिकेका ज्ञान व्यवहारमा उर्तान अभ्यासमा जोड दिनुपर्ने बताइन  उनले टोखा नगरपालिकाको विकास  निर्माणमा सुशासन का साथै समृद्दीमा उक्त तालिमले सहयोगी भूमिका खेल्ने बिश्वास ब्यक्त गरेकी थिइन । नगरपालिकाले कर्मचारीलाई सुचना प्रविधिमा सक्षम बनाई प्रत्येक  वडालाई सुचना प्रविधिमैत्री वडा वनाउन सहयोग पुग्ने पनि बताइन।  उनले ५ दिनको तालिम पर्याप्त नभएको र आगामी दिनमा थप तालिमको व्यवस्था टोखा नगरपालिकाले गर्ने बताएकी थिइन्।  

उनले हाल सम्म नगरपालिकाले विकास निर्माणका योजनामा रकम राख्दा पनि अनुमानित ढंगले राखिने गरेको मा तालिम पश्चात सो योजना निर्माणमा बजेट विनियोजित गर्न समेत सहज हुने र विकास निर्माणका कामहरु  आवश्यकताको आधारमा गर्न  सहयोग पुग्ने बताएकी थिइन्।  उनले कर्मचारीहरुलाई आत्मविश्वास बढाउदै तालिममा सिकेका ज्ञानलाइ ब्यबहारमा उतार्न अनुरोध सहित   तालिमका प्रमाणपत्र भित्ताहरुमा मात्र सिमित नराखी त्यसलाई व्यवहारमा उतार्न अनुरोध गरेकी थिइन् ।

कार्यक्रममा सभाध्यक्षको आसन बाट बोल्दै टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले तालिम सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यबाद दिदै भौगोलिक सूचना प्रणाली (GIS) प्रणाली उपयोग गरी टोखा नगरपालिकाको योजना निर्माण प्रक्रिया अझ बढी व्यवस्थित तथा बैज्ञानिक बनाउन सहयोग पुग्ने बताए। उनले देशको थोरै नगरपालिकामा भौगोलिक सूचना प्रणाली (GIS) तालिम पाउने  नगरपालिका भित्र   टोखा  नगरपालिका पनि परेको मा खुसि ब्यक्त गरेका थिए ।उनले यस्ता तालिमले कर्मचारीहरुको मनोबल बढ्नुको साथै क्षमता अभिबृद्धिमा सहयोग पुग्ने भन्दै आगामी दिनमा टोखा नगरपालिकाले आवश्यकताको आधारमा थप तालिम प्रदान गर्ने बताएका थिए ।

कपन अनलाइन


क्याटेगोरी : विशेष
ट्याग : #भौगोलिक सूचना प्रणाली


तपाईको कमेन्ट लेख्नुहोस्