ललितपुरमा जब जनप्रतिनिधि झाडु लिएर सडकमा निस्किए …

ललितपुर । विश्वले देख्ने र देशकै लागि गौरवको रुपमा रहेको काठमाडौं उपत्यकाको एउटा महत्वपूर्ण खण्ड ललितपुर चक्रपथ र ललितपुर महानगरलाई सरसफाई तथा स्वच्छतामार्फत सुन्दर बनाउन ललितपुर ३ का सांसद पम्फा भुषाल र ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन शनिवार झाडु लिएर सानेपा नख्खु खण्डको सडकमा निस्किँदा स्थानीय संघसंस्था, नागरिक समुदाय तथा सफाई क्षेत्रमा क्रियाशील संघसंस्थाले साथ दिएका थिए ।
ललितपुर चक्रपथ सरसफाई तथा सुन्दरता अभियानको दोश्रो हप्ताको सरसफाई कार्यक्रम सांसद भुषाल, महानगरका मेयर महर्जन, प्रदेश सांसद राजकाजी महर्जन, महानगर उपप्रमुख गीता सत्याल, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न सरसफाई सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरु र प्रहरीका विभिन्न युनिटको सहभागिता रहेको थियो । प्रतिष्ष्ठित व्यक्तित्वहरुको सहभागितामा भएको अभियानमा क्रमश स्थानीय सहभागिता बढ्ने क्रममा रहेको अभियान संयोजक लक्ष्मीप्रसाद गेलालले बताउनुभयो । अभियानले चक्रपथसंग जोडिएका घर पसल तथा औद्योगिक संघसंस्थाहरुलाई सचेत गर्दै सरसफाई अभियानमा परिचालन गरिएको अभियानका सदस्य सचिव सशदेव राउतले बताउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #झाडु लिएर सडकमा
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्