कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषिमा आधुनिकीकरण आवश्यक भएको बताउनुभएको छ ।
जैविक विविधता संरक्षण समितिको आयोजनामा तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा आजदेखि शुरु भएको पुर्कोट कृषि जैविक औद्योगिक मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले कृषिमा आधुनिकीकरण र व्यवसायीकरण भएमात्रै कृषिबाट आत्मनिर्भर बन्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “फेरि एकपटक नेपाललाई कृषिमा आत्मनिर्भर मात्रै होइन कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने अवस्थामा पु¥याउन जरुरी छ । त्यसका लागि बोल्ने होइन काम गरेर देखाउनु पर्दछ ।”
सांसद कृष्णकुमार श्रेष्ठले निर्वाहमुखी कृषिले मात्रै आत्मनिर्भर बन्न सकिने बताउँदै व्यवसायमुखी कृषिमा अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो । मेला संयोजक सीताराम बजगाईंले असल गुण भएका विभिन्न प्रजातिका स्थानीय बाली संरक्षण गर्ने, स्थानीय उत्पादनलाई जोड दिँदै विविधीकरण गरी प्रयोगमा सचेतना अभिवृद्धि तथा अर्गानिक उत्पादनमा जोड दिने उद्देश्यले रहेको बताउनुभयो ।
मेलामा १५० स्थानीय बालीको प्रदर्शनी तथा बिक्री वितरण, बाँसका हस्तकलाका सामग्रीको प्रदर्शनी, कृषिउपज तथा पशुपक्षीको प्रदर्शनी, स्थानीय कला, संस्कृति साथै विभिन्न झाँकीको प्रस्तुति आकर्षणका रुपमा रहेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #गणेशप्रसाद तिमिल्सिना
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्