बालाजुका डिएसपी कोईरालाको बिदाई एवं नयाँ डिएसपी राणाको भब्य स्वागत

जिल्ला प्रहरी कार्यालय वाग्लुङमा सरुवा भएका महानगरीय प्रहरी वृत बालाजुमा कार्यरत डिएसपी चिरन्जिवी कोईरालाको एक कार्यक्रम बीच विदाई गरिएको छ भने नयाँ डिएसपी बालनरसिंह राणाको स्वागत गरिएको छ ।
विगत ६ महिना देखि महानगरीय प्रहरी वृत बालाजुमा कार्यरत रहेका उनको सरुवा भएपछि स्थानिय जनप्रतिनिधि , नागरिक समाज , पत्रकार , लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल, बालाजु होटल व्यवसायी, नागरिक प्रहरी समन्वय समिति लगायतका संस्थाहरुले फरकफरक कार्यक्रमको आयोजना गरी विदाई गरिएको थियो ।
विदाई कार्यक्रममा कोईरालाले ६ महिना बालाजु वृत बसाईको अवधीमा स्थानीयहरुको धेरै माया पाउनुका साथै नागरीकको माया र साथ पाएको बताए ।
छोटो समयमा स्थानिय नागरीकको मन जित्न सफल भएका डि.एस.पी कोइरालाको बिदाइका खबरले केही बृद्धाहरुले आखाँबाट आसु समेत झारेका थिए ।
बालनरसिंह राणाको स्वागत
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार ५ जना डिएसपीको सरुवा गरिएको छ । महानगरीय प्रहरी वृत, बालाजुमा डिएसपी बालनरसिंह राणाको काज सरुवा भएको हो ।
स्थानमा नागरीकको शान्ति शुरक्षामा कुनै सम्झौता नगर्ने र सो क्षेत्रमा शान्ति शुरक्षा कायम राख्न आफु नेतृत्वको प्रशासन प्रतिबद्ध रहने बालनरसिंह राणाले बताए ।
क्याटेगोरी : विशेष
ट्याग : #बालाजुका डिएसपी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्