काठमाडौं मलमा भएकाे घटनाको भत्सर्ना गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा सुष्मा महरा चयन भएकी छन् । काठमाण्डौं मलको जिम्मा लिएका राजु गोरखालीलाई सञ्चयकोषले हटाएपछि मलमा देखिएको समस्या समन्वयको लागि महरा चुनिएकी हुन् ।
कर्मचारी सञ्चयकोषले पत्र नं ८९ बाट पठाएको ब्यहोरा अनुसार नयाँ टेन्डर नहुने मलका व्यवसायीवाट नै ब्यवस्थापन गर्ने गरि आएको पत्र अनुसार काठमाण्डौ मलमा सहजिकरण गर्नका लागि नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको माताहत रहने गरि समन्वय समिति गठन गरेको हो ।
उद्योग वाणिज्य संघले काठमाडौं मल समस्या र समाधान विषयमा आयोजित कार्यक्रमले २०७५–९–१९ मा पत्र बाड्न आएको कर्मचारी माथि भएको कुट पिटको भत्सर्ना गर्दै सम्वधित निकायमा उजुरी दिईसकेको जनाएको छ । कार्यक्रम लाई सम्वोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्षले ब्यपारीहरुको हकहितका लागि सक्दो पहल गर्ने बताए ।
त्यस्तै काठमाण्डौं जिल्ला संघका महासचिव रमानाथ श्रेष्ठले काठमाण्डौं मलमा आधिकारीक ब्यापार समिति बनाउन पहल गर्ने बताए । वाणिज्य संघ काठमाण्डौंकी कोषाध्यक्ष सुष्मा महराले ज्यानको वाजि लगाएर भएपनि ब्यापारीहरुको हकहितका लागि काम गरिने बताईन । समितिका सभापतिमा नेपाल उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुष्मा महरा रहेकी छन् भने उप सभापतिमा रक्सन शाक्य र सदस्यहरुमा विजय अग्रवाल, सोनिया शाह,अनिता केसि ,दिल वहादुर थापा लेज्स श्रेष्ठ रहेकाछन् ।
मलमा बाहिरी मानिसको चलखेल बढ्दै गएपछी समस्या समाधानका लागि १५० भन्दा धेरै व्यवसायीको हस्ताक्षर सहित नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंलाई अनुरोध गरेको थियो । त्यसै गरी नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंका पदाधीकारीहरुले विहिबार मलमा भएको घटना बारे जानकारी दिदै गृहमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #काठमाडौं मलमा भएकाे घटना
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्