पाँच डिएसपीको काज सरुवा, बालाजुमा बालनर सिंह राणा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी नायब उपरिक्षक (डिएसपी) हरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार महानगरीय प्रहरी वृत, बालाजुमा डिएसपी बालनरसिंह राणाको काज सरुवा भएको छ ।
महानगरीय प्रहरी वृत बालाजुमा कार्यरत चिरञ्जीवी कोइरालालाई त्यहाँबाट हटाइएको छ । बालाजुमा कार्यरत कोइरालालाई जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सरुवा गरिएको छ ।
यस्तै ओखलढुंगाको प्रहरी प्रमुखमा डिएसपी पुष्प मल्लको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रमुखमा सुवास खड्काको सरुवा भएको छ ।
त्यस्तै डिएसपी कृष्ण कोईरालालाई महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्