बालाजु प्रहरी द्धारा अबैध घरेलु मदिरा नष्ट

काठमाडौ तारकेश्वर नगरपालिका मनमैजु ग्याडोलमा संचालन भइरहेको अबैध मदिरा बालाजु प्रहरीले नष्ट गरेको छ । स्थानिय बलराम तामाङको जग्गा भाडामा लिई टहराहरु बनाई अबैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरण हुँदै आएको भन्ने सूचनाको आधारमा प्रहरीले सर्च अप्रेशन संचालन गर्दा सो मदिरा नष्ट गरिएको बालाजु प्रहरी प्रमुख चिरञ्जीवी कोइरालाले बताए ।
उनका अनुसार संखुवासभा खाँदवारी घर भई ग्याडोल बस्ने बर्ष ४० की फुर्पु शेर्पा, बर्ष ३५ की दावा शेर्पा समेतको समूहले ९ वटा अस्थायी टहराहरु बनाई व्यबसायिक तरिकाले अबैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरण गरेको पाईएको छ । उत्पादित १,५६५ लिटर तयारी मदिरा र १९,३१० लिटर घरेलु मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ गरी जम्मा २०,८७५ लिटर अबैध घरेलु मदिरा बरामद गरी तारकेश्वर न.पा.९ का वडा अध्यक्ष वलराम सापकोटा एवं स्थानिय वासिन्दाहरुको रोहबरमा रितपूर्वक नष्ट गरिएको सई ए.पी सोडारीले बताए ।
क्याटेगोरी : विशेष
ट्याग : #अबैध घरेलु मदिरा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्