नुवाकोटको दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग

नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई गाउँपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ ।
आज बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले राहत सहयोग स्वरुप मृतकका प्रतिपरिवारलाई रु २५ हजार सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । सो दुर्घटनामा २० जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा घाइते भएकाको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको लागि समेत गाउँकार्यपालिकाको सबैलाई अपिल गरेको छ ।
“मिनीट्रकमा यात्रुको बीमा हुँदैन । मिनीट्रक कुनै यातायात समितिसँग आबद्ध नभएकाले घाइतेको उपचारका लागि आर्थिक अभाव भएको हो,” अध्यक्ष तामाङले भन्नुभयो । घाइतेको उपचारका लागि सहयोग गर्न गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘दैवी प्रकोप कोष’को नाममा एभरेष्ट बैंक, समुन्द्रटार शाखामा रहेको खाता नं ०६४००१०५२००२१३ मा रकम जम्मा गर्न सबैमा अपिल गरिएको छ । बा३ख ३९१३ नं को मिनीट्रक दुर्घटना हँुदा १५ जना घाइते भएका थिए । मिनीट्रक चालक रामभक्त थापा र सहचालक साने बुढाथोकी फरार छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #नुवाकोटको दुर्घटना
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्