साढे १० लाख ठगी र बलात्कार गरेको आरोपमा राजपा नेता पक्राउ

कारागारबाट ‘छुटाउन पहल गर्छु’ भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौं रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् ।
राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५, लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालकाअनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको हो ।
उक्त पार्टीका सदस्य सुनिलकुमार झाले पार्टीका साथीले जानकारी गराएपछि आफूले थाहा पाएको बताए ।
राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमान्लाई छुटाइदिने आश्वासन दिलाइ मेहताले पटक–पटक गरी रु साढे १० लाख ठगी गर्नाका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
क्याटेगोरी : विशेष
ट्याग : #राजपा नेता पक्राउ
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्