कालिकाशरण स्कूलको शैक्षिक उन्नतीका लागी तिनपिप्लेमा सप्ताह हुने

पुकार तिमल्सिना
काठमाडौ । सामुदायीक बिधालयको शैक्षिक गुणस्तरका लागि समुदायको अगुवाइमा बृहत धार्मिक महोत्सव हुने भएको छ । सरकारबाट मात्रै निर्भर नभई सामुदायीक बिधालयलाई भैतिक एवं शैक्षिक रुपमा अब्वल बनाउन स्थानिय समुदायबाट बिभिन्न कार्यक्रम अबलम्बन गरेको पाइन्छ ।
पछिल्लो उदाहरण हो काठमाडौको तारकेश्वर नगरपालिका तिनपिप्लेमा अवस्थित कालिका शरण मा बि मा आयोजना हुन लागेको बृहत धार्मिक महोत्सव २०७५ । जुन यहि मंसीर २५ गते देखी पुष ३ गते सम्म सोही स्कुल परिसरमा हुने भएको छ ।
१०८ श्रीमद्भागवत राष्ट्र शान्ति महायज्ञको ७७ औ अनुष्ठानको बाचक बालतपस्वी पं उतम भट्ट महाराज बाट हुने आयोजकको भनाइ छ । सो महायज्ञमा प्रत्येक दिन सङ्गीतमय भजन , भागवत कथा , धन–धान्याञ्चल पर्व , पितृ मुक्ति , शालिग्राम पूजन अर्चना , ब्रतबन्ध तथा तुला दान, रुद्री , चौरासी पूजा आदि हुने धार्मिक महोत्सव समपादन समितिका प्रचार प्रमुख बासुदेब घिमिरेले बताए ।
मंसीर २५ गते कलश यात्रा शुरु हुने र सोही दिनको १ बजे कार्यक्रमको समुद्घाटन हुने र संकलित रकम कालिकाशरण स्कूलको शैक्षिक स्तर उन्नतीका लागी समपूर्ण रकम खर्च गरिने घिमिरेको भनाइ छ ।
धार्मिक महोत्सव समपादन समितिका संयोजक एवं कालिकाशरण मा.बि का प्रधानाध्यापक गोपाल प्रसाद गजुरेलले सप्ताहा मार्फत संकलित रकमले स्कूलको समग्र बिकाशमा अतुलनिय सहयोग भई बिधार्थीहरुको शैक्षिक गुणस्तरमा समेत सहयोय हुने बताए ।
बृहत धार्मिक महोत्सवमा सहभागी हुन नगर बासी एवं सम्पूर्ण महानुभावहरुमा धार्मिक महोत्सव समपादन समितिलेृ अनुरोध गरेको छ ।
कार्यक्रमको तालिका
क्याटेगोरी : विशेष
ट्याग : #तिनपिप्लेमा सप्ताह#कालिका शरण मा बि
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्