तारावदन सेडाईको अध्यक्षतामा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रमा नयाँ कार्यसमिति

शर्मिला विश्वकर्मा, काठमाण्डौं
नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको १८ औं वार्षिक साधारण सभा तथा छैठौ अधिवेशन काठमाण्डौंमा सम्पन्न भएको छ । सो साधारण सभा तथा छैठौ अधिवशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सभाका सांसद प्रकाश पन्तले दिप प्रज्वलन गरेका छन ।
त्यसै गरी संस्थाका निर्वतमान महासचिव महेश्वर घिमिरेले संस्थाले विगतमा दिनमा जस्तै अहिले पनि विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको लागि आय–आर्जनका कार्यक्रमलाई निरन्तरता दिदै आएकोमा खुशी व्यक्त गरे । सोही क्रममा संस्थाका महासचिव जगदिश प्रसाद अधिकारीले सबैको सल्लाह सुझाव अनुसार संस्थागत रुपमा काम गर्ने बताए। सो संस्थाको साधारण सभा तथा अधिवेशनका अवसरमा कार्यक्रमका विशेष अतिथि एवं राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले यो संस्थाले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार दिलाउनको लागि संस्थाले काम गर्द सकोस् भन्ने शुभकामनाका व्यक्त गरेका छन ।
त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सभाका सासंद प्रकाश पन्तले संस्थाका कार्यहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन भने साधारण सभा तथा छैठौ अधिवेशनका अवसरमा संस्थाका महासचिव जगदिश प्रसाद अधिकारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अम्बिका खड्काले प्रस्तुती रहेको थियो ।
नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको १८ औं साधारण सभा तथा छैठौ अधिवेशनले आगामी ३ वर्षको लागि तारावदन सेडाईको अध्यक्षतामा ७ जना नयाँ कार्य नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षमा कृष्ण प्रसाद नेपाल, महासचिवमा जगदिश प्रसाद अधिकारी, सचिवमा जानकी श्रेष्ठ, र कोषाध्यक्षमा अम्बिका खड्का चयन हुनु भएको छ भने सदस्यहरुमा शुशीला ढकाल र प्रलाद श्रेष्ठ चयन भएका छन ।
क्याटेगोरी : विशेष
ट्याग : #पाल अपाङ्ग मानव अधिकार केन्द्र
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्