एसियन अवार्डबाट खनाल सम्मानित

काठमाडौँ, २५ असोज ः ‘एसियन युथ इनोभिेटिभ अवार्ड –२०१८’ बाट सम्झना खनाल सम्मानित हुनु भएको छ ।
भारतको पन्जावमा भएको ‘१३ औ एसियन मकै सम्मेलन’मा किर्तिपुरकी उहाँले उक्त अवार्ड पाउनु भएको हो ।
खनालले नयाँ प्रविधि मार्फत मकै वालीको उत्पादन बढाउने अनुसन्धान गरेवापत उक्त अवार्ड प्रदान गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट कृषिमा स्नातक गर्नु भएका खनालले गतबर्ष झापामा उहाँले मकैको उत्पादन गर्दा आवश्यक रासायनिक पदार्थको मात्रा प्रयोग गरेर मकै पोसिसो र गुणस्तरिय उत्पादन बढाउन अनुसन्धान गर्नु भएको थियो ।
पन्जाव कृषि विश्वविद्यालयका उपकुलपति डिएस डिलियन र म्याक्सेकोका कृषि वैज्ञानिक मार्टिन करोप्टले उक्त अवार्ड प्रदान गर्नु भएको उहाँले जानकारी गराउनुभयो ।
सम्मेलनमा चीन, अमेरिका सहित विश्वका २२ मुलुकका ३०० भन्दा बढी युवा वैज्ञानिकको सहभागिता रहेको थियो ।
प्रत्येक तीन÷तीन बर्षमा हुने सम्मेलनमा मकैमा अनुसन्धान गरेका ३५ बर्षभन्दा मुनिका युवा मकै वैज्ञानिकको सहभागिता हुने गरेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #एसियन अवार्ड
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्