मोबाइल फोनको बीमा हुने

मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बैंकिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
मेरो सुरक्षाले दिँदै आएको मोबाइल सुरक्षा योजनामा सहभागी हुनेको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका बीच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल सुरक्षा योजनामा सहभागी हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्सले गर्नेछ । यसअघि मोबाइल सुरक्षा योजनाका रुपमा मात्र शुरु भएको सेवा अब मोबाइल बीमामा रुपान्तरण भएको हो । “मेरो सुरक्षासँगको सहकार्यले मोबाइल प्रयोगकर्ताले सहजरुपमा आफ्नो मोबाइलको बीमा गराउन सक्ने विश्वास हामीले लिएका छौँ” प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले भन्नुभयो ।
“कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षति पुगेर नचल्ने भएमा, हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटासहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ” मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत सुनुवारले जानकारी दिनुभयो ।
हालसम्म मोबाइल सुरक्षा योजना २५ हजार बढीले खरीद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइल एप ४० हजारभन्दा बढी डाउनलोड भइसकेको छ । सोही कार्यक्रममा नायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसेडर नियुक्त हुनु भएको छ । ब्राण्ड एम्बेसेडर नियुक्त हुनुभएका हमालले मेरो सुरक्षा नेपालको सन्दर्भमा फरक किसिमको सेवा भएको भन्दै यसबाट आम मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलको सुरक्षा गर्नसक्ने बताउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #फोनको बीमा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्