रसुवामा मोटर दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटर दुर्घटना हुँदा आज यहाँ एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार चार जना नेपाली र एक जना चिनियाँ नागरिक घाइते भएका हुन् । घाइतेलाई उपचारार्थ जिल्ला अस्पताल धुञ्चे ल्याउँदै गरिएको छ ।
मृत्यु हुने र घाइतेको पहिचान गर्न घटनास्थलमा प्रहरी परिचालन गरिएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ पौडेलले बताउनुभयो ।
घटना टिमुरेको तातोपानी पारी सर्च ट्याङ्क जाने आयोजनाको सहायक मार्गमा भएको बताइएको छ । माथिबाट ढुङ्गा झरेका दुर्घटना भएको बताइएको छ । ढुङ्गा झरेका कारण त्यस क्षेत्रमा विद्युत्समेत अवरोध भएका जनाइएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #रसुवामा मोटर दुर्घटना
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्