निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा चारजनाको दाबी

निर्माण व्यवसायीको साझा सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वका लागि चारजनाले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घको अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै सल्लाहकार यक्षध्वज कार्कीले निर्माण व्यवसायलाई मर्यादित र सुदृढ बनाउन आफूले उम्मेदवारी दिने बताउनुभयो । महासङ्घका महासचिव रामशरण देउजाले निर्माण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने आफ्नो योजना कार्यान्वयनका लागि आफूले अध्यक्षमा उम्मेवारी दिने बताउनुभयो ।
अध्यक्षका अर्का दाबेदार हुमनाथ कोइरालाले निर्माण व्यवसायीका साझा कार्यसूचीलाई प्रभावकारीरुपमा लागू गर्न आफूले उम्मेदवारी दिने बताउनुभयो ।
अघिल्लो महाधिवेशनमा अध्यक्षमा पराजीत रवी सिंहले निर्माण व्यवसायमा विगतदेखि नै आफ्नो स्वच्छ छवि भएको दाबी गर्दै निर्माण व्यवसायमा कुनै प्रकारको राजनीति हुन नदिने बताउनुभयो । महासङ्घमा करीब १२ हजार निर्माण व्यवसायी आबद्ध रहेका छन् । महासङ्घको २०औँ अधिवेशन आगामी असोज ४ देखि ६ गतेसम्म राजधानीमा हुँदैछ ।
क्याटेगोरी : विशेष
ट्याग : #निर्माण व्यवसायी महासङ्घ
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्