पौने सात करोड पचाउन नेताको घरदैलोमा व्यापारी तिमल्सिना

काठमाडौं । रसुवागढी नाका हुँदै अवैध तवरले व्यापार गर्दै आएका एक व्यापारी पौने सात करोड रुपैयाँ पचाउन नेताको घरदैलो चहारिरहेको रहस्य खुलेको छ । अवैध रुपमा नाका पार गरी काठमाडौं ल्याउन लागेको पौने सात करोड रुपैयाँको सामानसहितको कन्टेनर राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि छुटाउनका लागि व्यापारी नवराज तिमल्सिनाले नेताको घरदैलो चहार्न थालेका हुन् ।
विभागले एक साताअघि ना ६ ख ६६५२ नम्बरको कन्टेनर अवैध सामानससिहत नियन्त्रणमा लिएको थियो । विभागले उक्त अवैध सामानको मूल्य पौने सात करोड तोकेर विगो तिराउने निर्णय गरिसकेको छ । तर, तिमल्सिनाले भने उक्त सामान आफ्नो नभएर अरु विभिन्न फर्मको भएको बताउँदै आएका छन् । विगो तिर्नबाट पन्छन उनले अरु विजनेश फर्मको नाम लिएको राजश्व विभागले बुझिसकेको छ । उनले विभिन्न फर्मको नाममा अवैध सामान लोड गरेर यसअघि पनि करोडौं रुपैयाँ भन्सार छलेरको आरोप लाग्दै आएको छ ।
उनले सामान बोकेर नाका पार गर्ने र कन्टेनरमा लोड गरेर भन्सार छल्ने गरेको उक्त नाकाहुँदै व्यापार गर्नेहरुले बताउँदै आएका छन् । उनी अहिले राजश्व विभागबाट कन्टेनर र सामान छुटाउन आफूनिकट सांसद, मन्त्रीसँगै व्यापारी नेताहरुको घर धाइरहेका छन् । विभागले भने उनको खोजी गरिरहेको छ । उनी लुकीलुकी नेता घर चहारिरहेका छन् ।
उनी अहिले व्यापारीहरुको संगठनः हिमालय सीमापार वाणिज्य संघका महासचिव हुन् । उनी केही समयअघिसम्म तातोपानी भन्सार कार्यालयको क्यान्टिनमा भान्छेको काम गर्दै आएका थिए । भूकम्पपछि तातोपानी नाका बन्द भएपछि उनले रसुवा नाकाहुँदै अवैध व्यापार गर्न थालेका हुन् । उनी अहिले अवैध कारोबार गर्ने ठूलो गिरोहसँग सम्लग्न रहेर काम गरिरहेको बताइएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #नेताको घरदैलोमा व्यापारी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्