कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन

धानमन्त्री केपी शर्मा ओलीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा आज साँझ सरोकारलासँग छलफल गर्दै उखु कृषकको समस्या देशको साझा समस्या भएको भन्दै चिनी तथा उखु आयात रोक्नका लागि सीमा नाकामा कडाई गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।
“उखु कृषकको समस्या पुरानै हो, अब यसलाई केही हिसाबले हल गर्नेपर्छ, तत्कालका लागि चिनी आयात रोकौ र पारी (भारत) बाट उखु ल्याउन पाइँदैन, र उद्योगीले उखु किन्दिन भन्न पनि पाउदैनन्, त्यसैले सीमा नाकामा पुरै कडाई गर्न म गृहमन्त्रालयको ध्यानाकर्षण गराउँछु”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउने गरी चिनीको आवश्यकता, खपत र कृषक एवं उद्योगीको समान हित हुनेगरी उपयुक्त ढंगले उखु र चिनीको मूल्य निर्धारण गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “चिनीमा हामी आत्मनिर्भर हँुदैछौ, यो खुसीको कुरा हो, आत्मनिर्भर हुने बाटोमै जानुपर्छ, अहिले तपाईँ (व्यवसायी) को आँकडाअनुसार अर्को वर्ष नै आत्मनिर्भर भइहाल्दैनौँ, अलिकति कम हुन्छ, चिनी आयात सरकारले हैन व्यापारीले नै गरिराखेको हो । यो सरकार गठन भएदेखि नै उखु किसानको समस्याप्रति म गम्भीर भएर छलफल गरेको पनि हुँ । यो समस्या छिट्टै समाधान हुन्छ ।”
सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले कम्तिमा छ महिनाका लागि चिनी मौज्दात भएकाले तत्कालका लागि आयात रोकेर उखु कृषक तथा उद्योगसँग सम्बन्धित समस्या सधाधान गर्न सकिने धारणा राख्नुभयो । उहाँले उखु किसानको बाँकी भुक्तानी आगामी १५ दिनभित्र उपलब्ध गराइने बताउनुभयो ।
छलफलमा सहभागी सांसद, उखु कृषक, चिनी उद्योगीले कृषकको समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको थियो । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली, नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेती, चिनी उद्योगी राजेश केडियालगायतले कृषकले ऋण गरेर उत्पादन गरेको उखु बिक्री नहुँदा समस्या परेको भन्दै लागतअनुसारको मूल्य र पाउनुपर्ने भुक्तानी उपलब्ध गराउन माग गर्नुभयो ।
संघीय संसद् तथा प्रदेश सभाका सांसदले कृषकले दुःख गरेर उत्पादन गरेको उखुको मूल्य हचुवाको भरमा तोक्ने गरिएकाले किसान सधैँ मर्कामा परेको भन्दै आयोग बनाएर भए पनि समस्या समाधान गरिनुपर्ने धारणा राख्नुभयो ।
सांसद हृदयश त्रिपाठी, अनिल झा, उमाकान्त चौधरी, भरत साह, रामेश्वर राय, अनिलकुमार झालगाउतले मुलुक चिनीमा आत्मनिर्भरतर्फ अघि बढेको सन्दर्भमा चिनी आयात बन्द गरी आन्तरिक उत्पादनलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा प्रधानमन्त्री ओली, अर्थमन्त्री डा खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र सम्बन्धित मन्त्रालयका सचिव उपस्थित हुनुहुन्थ्यो ।
महासंघको तथ्याङ्कअनुसार नेपालमा १२ वटा चिनी उद्योग सञ्चालनमा छन् ती उद्योगमा करीब रु तीन हजार करोड पुँजी लगानी भएको छ भने एक लाख उखु कृषक परिवार आबद्ध रहेका छन् । यस क्षेत्रमा करीब दुई लाखले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् ।
आव २०७४÷०७५ मा एक लाख ७७ हजार ९२४ मेट्रिकटन चिनी उत्पादन भएको थियो । चालु आवमा करिब ४० प्रतिशत उखु उत्पादन वृद्धि भई अनुमानित दुई लाख ४० हजार मेट्रिकटन चिनी उत्पादन हुने जनाइएको छ । हरेक वर्ष चिनी उद्योगले उखु कृषकलाई करीब एक हजार करोड भुक्तानी गर्ने गरेको बताइन्छ ।
क्याटेगोरी : विशेष
ट्याग : #कृषकको समस्या
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्