काठमाडौँमा सत्र दिनदेखि किशोरी बेपत्ता

किशोरी हराई खोजीका लागि प्रहरीमा उजुरी गरेको १७ दिनसम्म पनि अवस्था थाहा नपाउँदा अभिभावक चिन्तित बनेका छन् ।
काठमाडौँ महानगरपालिका–४, चप्पल कारखाना बस्दै आएकी १६ वर्षीया आरती अधिकारी भदौ २ गते प्रगति टोलबाट हराएकी थिइन् । आफन्तकहाँ नभेटिएपछि अभिभावकले भदौ ३ गते महानगरीय प्रहरीवृत्त महाराजगञ्जमा उजुरी गरे । उजुरी गरेको १७ दिन पूरा हुँदा पनि अवस्थाका बारेमा थाहा पाउन नसकिएको अधिकारीका मामा तेजबहादुर बानियाँले गुनासो गर्नुभयो ।
प्रहरीले विस्तृत कल विवरण माग गर्न लेखेको पत्रमा मोबाइल नं गलत लेखेकाले पनि अनुसन्धानमा ढिलाइ भएको उहाँको भनाइ छ । वृत्तका प्रहरी नायब उपरीक्षक भेषराज रिजाल भने आमाबाबुले गाली गर्दा, कानूतः उमेर नपुगे पनि शारीरिकरुपमा परिपक्व भई घर छोडेर हिँड्ने गरेको बताउनुहुन्छ ।
किशोर वयका बालबालिका घर छोडेर हिँड्नुमा सामाजिक सञ्जालको बढ्दो प्रयोग पनि कारण बन्ने गरेको वृत्तले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा वृत्तमा मात्र दर्ता भएको उजुरीअनुसार यस क्षेत्रबाट ४५ बालबालिका हराए । त्यसमध्ये ४४ जना भेटिए पनि एक जना अझै बेपत्ता छन् ।
यो आवमा दुई जना बालबालिका हराएकामा एक जना भेटिएको छ । अधिकारीको भने खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #किशोरी बेपत्ता
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ६कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्