बालाजु क्षेत्रमा नियमित विद्युत् आपूर्ति शुरु

गत शनिबारदेखि प्राविधिक समस्या देखिएको नेपाल विद्युत् प्राधिकरणको बालाजु सबस्टेशनको मर्मत सम्पन्न भएको छ ।
आज साँझ मर्मत कार्य सम्पन्न भएलगत्तै बालाजु क्षेत्रमा नियमित विद्युत् आपूर्ति शुरु भएको छ । सबस्टेशनमा रहेका दुई वटा २२.५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटामा शनिबार राति करीब ७ बजेबाट प्राविधिक समस्या देखिएको थियो । सबस्टेशनको मर्मत सकिएको जानकारी दिँदै बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले समस्या समाधान भएको र विद्युत् नियमित भएको जानकारी दिनुभयो ।
ट्रान्सफर्मरमा समस्या देखिएपछि धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज, टेकु र बालाजु औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो ।
प्रमुख रेग्मीले त्यस क्षेत्रमा वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको र विद्युत् आपूर्तिमा परेको समस्याका कारण स्थानीय बासिन्दालाई परेको असुविधाप्रति क्षमायाचनासमेत गर्नुभएको छ । मर्मत सम्भारकार्यको प्रत्यक्ष अवलोकन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई छिटोभन्दा छिटो नियमित विद्युत् उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #विद्युत् प्राधिकरणको बालाजु
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्