काङ्ग्रेसद्वारा सङ्घीय सिद्धान्तअनुसार कानून तत्काल बनाउन माग

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सङ्घीय सिद्धान्त र संविधानको मर्मअनुसार प्रदेश र स्थानीय तहका लागि आवश्यक कानून तत्काल बनाउन माग गरेको छ ।
काङ्ग्रेसले आज यहाँ आयोजना गरेको पार्टीकातर्फबाट निर्वाचित नगर प्रमुख र उपप्रमुखसँगको अन्तरसंवाद कार्यक्रममा उक्त प्रस्ताव पारित गर्दै सम्बन्धित तहले बनाउने कानून सोही तहले बनाउने र निर्णय गर्ने कुरालाई समेत सहज बनाउन माग गरेको हो ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको मर्यादाक्रम पदीय गरिमाअनुरुप नरहेको भन्दै काङ्ग्रेसले उक्त मर्यादाक्रममा तत्काल पुनरावलोकन गरी निर्वाचित प्रतिनिधिको मर्यादा र प्रतिष्ठा कायम गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।
संविधान र कानूनको अधीनमा रही न्यायोचित, सरल र न्यूनतम कर लागाउने नीतिमा पार्टीको विश्वास रहेको कार्यक्रमपछि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पार्टीले आर्थिक उद्यमशीलता र लगानीमैत्री वातावरण सिर्जना गरी लगानी र आर्थिक गतिविधि बढाउने र यसमार्फत करको दायरा वृद्धि भई राजश्व बढ्ने प्रस्तावसमेत पारित गरेको छ । केन्द्रीय सरकारले अत्यधिकमात्रामा कर वृद्धि गरेको आरोप लगाउँदै काङ्ग्रेसले तत्काल घटाउनसमेत माग गरेको छ ।
काङ्ग्रेस नेतृत्वको तत्कालीन सरकारद्वारा निर्णय गरिएको सामाजिक सुरक्षा भत्ता, ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता, स्वास्थ्यसम्बन्धी सुविधालगायत र भूकम्पपीडितलाई दिने थप सुविधा अविलम्ब लागू गर्न पनि सरकारसँग माग गरेको छ ।
प्रतिपक्षको नेतृत्वमा सर्वदलीय सहभागिता भएको निष्पक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तत्काल गठन गर्न माग काङ्ग्रेसले गरेको छ । “काङ्ग्रेस जितेको स्थानमा बजेट नदिने, थोरै दिने, किस्ताबन्दीमा दिने वा सशर्तमा दिने जस्तो भेदभावपूर्ण बजेट विनियोजन कार्य तत्काल बन्द गर्न माग गर्दै समान वितरणका लागि माग गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।
बैठकले निर्मला पन्तमाथि भएको बलात्कार र हत्या जस्तो जघन्य अपराधको भत्र्सना गर्दै अबिलम्व अपराध नियन्त्रण गर्न, अपराधी पक्रन र कारबाही गर्न माग गरेको छ ।
साथै शान्तिपूर्ण जनप्रदर्शनमा प्रहरीको गोली लागी बालक सनी खुनाको हत्या भएको घटनाप्रति पनि भत्र्सना गर्दै मृतक आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
बैठकले विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीलाई लक्षित गर्दै अज्ञात समूहले बम विष्फोट गराई क्षति पु¥याएको घटनाको निन्दा गर्दै घटनामा संलग्न आपराधिक व्यक्तिलाई तत्काल खोजी गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
काङ्ग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा मुख्यतया चार वटा विषयवस्तु प्रस्तुत गरिएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #काङ्ग्रेस
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्